
धादिङ फागुन २६ । धादिङबेसीमा माओवादी केन्द्रले बुधबार पार्टी कार्यालय उद्घाटन गरेको छ ।
सर्वोच्च अदालतको फैसलाले दुई ठुला तात्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई वैधानिकता नदिए पछि यी दुबै दलहरु पूर्ववत अवस्थामा फर्किए सँगै माओवादी केन्द्र धादिङले आज धादिङबेसीमा जिल्ला कार्यालय उद्घाटन गरेको हो । पार्टी एकता हुनु अगाडी कार्यालय रहेको रेडियो विहानीको भवन (सहिद स्मृति संचार सहकारी) मा नै माओवादी केन्द्र धादिङले कार्यालय उद्घाटन गरेको हो ।
सर्वोच्चको फैसला आएको भोलि पल्टै एमालेले मदन आश्रित स्मृति भवनमा पुनः एमालेको ब्यानर राखेको थियो ।
पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमकट्टेलले कार्यकर्ताहरुलाई निराशा नहुन आग्रह गर्दै ओलीका कारण अहिलेको स्थिति पैदा भएको बताउनु भएको थियो ।
नेकपा रहँदा ओली सचिवालय भागे, स्थायी कमिटीबाट भागे, केन्द्रिय समितिबाट भागे अब एमाले बने सँगै फेरि नेपाल झलनाथहरु सँग भाग्दै छन् कति भाग्ने हो र ? ओलि सकिए, केहि समय धैर्य गरौं पार्टी फेरि नयाँ नामका साथ एकता हुने नेता जम्कट्टेलले बताउनु भएको थियो ।
ओली झनै अफ्यारोमा परेको दावी गर्दै नेता जमकट्टेलले माओवादी केन्द्र झनै मजबुद बनेको छ, माथि देखि तल सम्म सबै कमिटी अलरेडी छ, अब प्रशिक्षण हुन्छ । नेपाल कमरेडहरु एमालेमा गएपनि राजनीतिक रुपमा मिलेरै अगाडी बढ्ने उहाले कार्यकर्ताहरुलाई आश्वस्त पार्नु भएको थियो ।
माओवादी केन्द्र एमाले केन्द्र सँग एकता हुनु पूर्व
