धादिङको थाक्रेमा ७३ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
फाल्गुन १६, २०७७

धादिङ फागुन १६ । धादिङको थाक्रेमा अाईतबार २६ जना महिला र ४७ जना पुरुष गरि ७३ जनाले रक्तदान गरेका छन् ।
मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवसको अवसरमा ७३ जनाले रक्तदान गरेका हुन् ।
मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, थाक्रे युवा परिषदको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको होे ।