धादिङबेसीमा काँग्रेस शुभेच्छुक संस्थाहरूको लाल्टीन बोकेर प्रदर्शन

Avatar photo
Dhadingpost
माघ २४, २०७७

धादिङबेसी माघ २४ । नेपाली काँग्रेस धादिङको शुभेच्छुक संस्थाहरूले धादिङबेसीमा लाल्टीन बोकेर विरोध प्रदर्शन गरेका छन् ।

धादिङबेसीको पुछारबजारबाट शुरु भएको विरोध र्‍याली बीचबजार हुँदै सिरान बजार पुगेर क्याम्पस चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

उक्त विरोध प्रदर्शनमा सहभागिहरुले संविधानको पूर्ण कार्यान्वयन गर, संविधानको पालना गर , असंवैधानिक नियुक्ति खाजेर गर जस्ता पम्प्लेट छातीमा टाँसेर मौन रुपमा विरोध प्रदर्शन गरिएको थियो ।

बिरोध र्‍यालीमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी युनियन (संघ), नेपाल प्रेस युनियन, नेपाल साँस्कृतिक संघ, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल, नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ र नेपाल कुमाल संघ लगायतले लालटीन धादिङबेसीमा विरोध प्रदर्शन गरेका हुन् ।