माघ २३ गते सिद्धलेकको प्रत्येक वडाबाट ३ वटा बस रिजर्भ

Avatar photo
Dhadingpost
माघ २०, २०७७

धादिङ माघ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल-प्रचण्ड पक्षले माघ २३ गते धादिङबेसीमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागि गराउन, ७ वटा वडा रहेको सिद्धलेक गाउँपालिकाले प्रत्येक वडाबाट ३ वटा बस रिजर्भ गरेको छ ।

मंगलबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धलेक गाउँ कमिटीको विस्तारित वैठकले माघ २३ गते धादिङबेसीमा हुने विरोध प्रदर्शनका लागि स्थानीयहरुलाई सहभागि गराउन प्रत्येक वडाबाट ३-३ वटा गरी २१ वटा बस रिजर्भ गरिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

विस्तारित बैठकका प्रमुख अतिथि एवम् बागमती प्रदेश सचिवालय सदस्य गुरु बुर्लाकोटीले माघ २३ गते धादिङबेसीमा हुने विरोध प्रदर्शनमा सदरमुकाम सँग जोडिएका पालिकाहरुले उल्लेख्य जनताहरुलाई सहभागिता गराउन निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा विशेष अतिथि एवम् बागमती प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारीले केपीको असंवैधानिक कदमको विरोध स्वरुप धादिङबेसीमा माघ २३ गते धादिङको इतिहास मै ठुलो प्रर्दशन हुने दावी गर्नुभएको थियो ।