
धादिङ माघ १८ । नेपाल कम्युनिष्ट पार्टी धादिङका इञ्चार्ज एवम् प्रदेश सांसद शालिकराम जम्कट्टेलले माघ २३ गते धादिङबेसीको सदरमुकाममा हुने विरोध प्रदर्शनमा १५ हजार भन्दा बढी जनताको सहभागिता रहेने बताउनु भएको छ ।
धादिङपोष्ट सँग कुरा गर्दै नेता जम्कट्टेलले, जनताहरुलाई सहज रुपमा विरोध प्रदर्शनमा सहभागिता गराउन, प्रत्येक गाउँपालिका स्तरिय कमिटिलाई जिम्मा दिईएको छ । माघ २३ गते धादिङबेसी सदरमुकाममा अहिले सम्म कै ठुलो विशाल विरोध प्रदर्शन हुने दावी गर्नुभयो ।
यतिबेला प्रधानमन्त्री ओलीले असंवैधानिक कदमका विरुद्ध सडक तातिएको छ । संविधानको रक्षा र प्रतिगमनको विरुद्ध हुने उक्त विरोध प्रदर्शनमा धादिङबासी जनसमुदायको ठुलो सहिभागिता हुने र त्यसको उक्त प्रदर्शनलाई मर्यादित र शान्तिपूर्ण बनाउन नेकपा धादिङ लाग्ने समेत उहाँले बताउनु भयो ।