सलाङमा खेल मैदान बनाउन अकला माविका पूर्व विद्यर्थीहरुको अभियान सुरु

Avatar photo
Dhadingpost
माघ १८, २०७७

धादिङ माघ १८ । धादिङको सिद्धलेक गाउँपालिका सलाङ स्थित अकला माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले खेल मैदान निमार्णका लागि आर्थिक संकलन अभियान सुरु गरेका छन् ।

संघ, प्रदेश र स्थानीय सरकारले खेल मैदान निमार्णका लागि चासो नदेखाए पछि हामी पूर्व विद्यार्थीहरु आफै आर्थिक अभियानमा जुटेका छौं, हाल सम्म २ लाख भन्दा बढी संकलन भैसकेको पूर्व विद्यार्थी मनोज पाठकले धादिङपोष्टलाई बताउनु भयो ।

वडा अध्यक्ष नै अकला माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएपनि अकला परिसरमा खेल मैदान निमार्णका लागि वजेट नभएको बताउनु भयो । करिव ५ लाख संकलन गर्न सकियो भने खेल मैदान निमार्ण सँगै तार/जालि समेत लगाउन सकिने पूर्व विद्यार्थी पाठक बताउनु हुन्छ ।

तीनै तहको सरकारले अकला खेल मैदानको लागि आर्थिक सहायता नगरेपछि सिद्धलेक गापामा १५ करोड भन्दा बढी आर्थिक सहयोग गरि सकेका स्पेन नागरिक ८३ वर्षिय अल्फारो डेल भाल्ले जोसे (Alfaro del valley jose) सँग पनि खेल मैदान निमार्णको लागि पूर्व विद्यार्थीहरुले ध्यानाकर्ष गराएका छन् ।

अहिले सम्म यी हुन अकला खेल मैदान निमार्णका लागि सहयोग गर्ने पूर्व विद्यार्थीहरु

  • दिपक श्रेष्ठ रु.२०,०००
  • सोम थापा रु.१०,०००
  • पाण्डप थापा मगर रु.१०,०००
  • मनोज पाठक रु.१०,०००
  • सरोज पाठक रु.१०,०००
  • राजन त्रिपाठी रु.१०,०००
  • गोकर्र्ण आले मगर रु.७,०००
  • सुन्दर आले मगर रु.६,०००
  • गणेश थापा मगर रु.५,०००
  • शिव थापा मगर रु.५,०००
  • राजन बराइली रु.५,०००
  • कुसल थापा मगर रु.५,०००
  • रेनुका थापा रु.५,०००
  • रबिन श्रेष्ठ रु.५,०००
  • पदम मगर रु.५,०००
  • सुमित्रा मगर रु.५,०००
  • तारा तुम्लिङ मगर रु.५,०००
  • राम बरालि रु.५,०००
  • प्रेम थापा मगर रु.५,०००
  • प्रतिक मगर रु.३,०००
  • लेख मगर रु.३,०००
  • गणेश लुजार रु.३,०००
  • बगले ग्रोउप रु.२,०००
  • रचना मगर रु.१,५००
  • ठाकुर आले प्रोजेक्टर १ थान