तीनकन्या बागेश्वरीका विद्यार्थीलाई पोशाक वितरण

Avatar photo
Dhadingpost
माघ ११, २०७७

धादिङ माघ ११ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित खानीगाउँमा रहेको तीनकन्या बागेश्वरी आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

बेनीघाट स्थित निशुल्क कपडा घर, विमोचन सिलवाल, दीपक सिलवाल, हसिना खान, नासिर खान, देव बानियाँ लगायतले उक्त विद्यालयमा रहेका दलित निम्न वर्ग, सीमान्तकृत लोपमुन्नख जातीका १०२ जना बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेका हुन् ।