जगत सिंखडा अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
पुस २१, २०७७

धादिङ पुस २१ । धादिङका प्रदेश सांसद जगत सिंखडा अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा चयन हुनुभएको छ ।

प्रचण्ड-नेपाल पक्षिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासंघको काठमाडौंमा सोमबार सम्पन्न राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमबाट सिंखडा सर्वसहमत अध्यक्षमा चयन हुनुभएको हो ।