सूर्य चिन्ह जता, म त्यता -सभाषद धनबहादुर घले

Avatar photo
Dhadingpost
पुस १८, २०७७

धादिङ पुस १८ । नेपाल कम्यसनिष्ट पार्टी (नेकपा) धादिङका युवा नेता एवम् संविधान सभाका सदस्य धनबहादुर घलेले नेकपा, ओली पक्ष र प्रचण्ड-नेपाल पक्षमा विभक्त भई फुटको औपचारिक घोषणा मात्रै बाँकी रहेको बेला सूर्य चिन्न जता, आफु त्यता हुने बताउनु भएको छ ।

धादिङपोष्टका समाचार प्रतिनीधि सन्दिप स्याम्चेन सँग कुराकानी गर्दै नेता घलेले आफूलाई जनता देखि कार्यकर्ता सम्मले सूर्य चिन्ह नछाड्न भनि रहेका छन्, त्यसैले सूर्य चिन्न छोड्ने कुरै आउँदैन ।

पुर्व एमालेका नेता झलनथ खनाल निकट रहेका घले संसद विघटन प्रति असन्तुष्ट छन् । प्रचण्ड, नेपाल र खनाल एक साथ रहेकोले घलेलाई पनि यहि समुहमा दर्ज गरिएको छ ।

चुनाव चिन्हको अन्तिम टुङ्गो निर्वाचन आयोगले नलगाउँदा सम्म आफू कुनै पक्षमा नलाग्ने बताउँदै घलले सूर्य चिन्ह कुन पक्षले पाउँछ आफु त्यतै लाग्ने बताउनु भएको हो ।

त्यसो त गत हप्ता धादिङबेसीमा बसेको प्रचण्ड-नेपाल पक्षको बैठकले घलेलाई गंगाजमुना र रुबीभ्याली गाउँपालिकामा वैठक राख्न तथा प्रशिक्षण चलाएर ओलीको पछिल्लो कदमको भण्डाफोर गर्न जिम्मा समेत दिएको छ ।