पूर्व मन्त्री परशुराम तामाङ उच्चस्तरीय कार्यसम्पादन समितिमा नियुक्त

Avatar photo
Dhadingpost
पुस ७, २०७७

धादिङ पुस ७ । धादिङ खनियाबास निवासी पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उच्चस्तरीय कार्य सम्पदन समितिमा नियुक्त हुनुभएको छ ।

राप्रपाको केन्द्रिय सदस्य समेत रहनुभएका पूर्व राज्यमन्त्री तामाङ उच्चस्तरीय कार्य सम्पदन समितिमा नियुक्त भए सँगै सोमबार बसेको बैठकमा उहाँले हिमाल, पहाड र तराईका जनताको आवाज राप्रपाको मुल मुद्धा हुनु पर्ने बताउनु भएको थियो ।

अहिले पनि भुकम्पबाट पिडित जनताको आवास गृह बन्न सकेका रहेको छैन । कृषि अनुदानहरु पहुँच वालाहरुको हातमा मात्रै सिमित छन्, राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी पिडित जन्ताको माग जस्ताको तस्तै छ सरकार निरंकश बन्यो । राप्रपाले जनताका आवाज सम्बोधनका लागि आन्दोनलको नेतृत्व गर्ने बताउनु भएको थियो ।