धादिङमा आज ५ जना, कोराना संक्रमित थपिए

Avatar photo
Dhadingpost
मंसिर २८, २०७७

धादिङ मंसिर २८ । धादिङमा पछिल्लो २४ घण्टामा ५ जना कोाना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएका कोरोना संक्रमितहरु ज्वालामुखी गाउँपालिका वडा नं २ का १८ र ४५ वर्षिय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नं १० का ५७ वर्षिय पुरुष, नेत्रावती डब्जोङ गाउँपालिका वडा नं ५ का २७ वर्षिय पुरुष र धुनीबेसी नगरपालिका वडा नं १ का ५७ वर्षिय पुरुषमा रहेका छन् ।

यो सँगै धादिङमा कोोना संक्रमितको संख्या १ हजार ४ सय ९० पुगेको छ भने कोरोना संक्रमणबाट मुक्त भै घर फर्कनेको संख्या १३ सय ५१ रहेको छ ।