
धादिङ कार्तिक २५ । धादिङमा कोरोना भाईरस संक्रमितको संख्या १ हजार २५२ जना पुगेको छ जसमा १० जना आज थपिएका हुन् ।
आज संक्रमित हुनेमा नीलकण्ठ नगरपालिका, गजुरी, गंगाजमुना गाउँपालिकाका २-२ जना, धुनीबेशी नगरपालिका, बेनिघाट रोराङ, थाक्रे र नेत्रावती डवजोङ गाउँपालिकाका १-१ जना छन् ।
धादिङको कुल संक्रमित मध्ये १०५७ जना निको भएर घर फर्कि सकेका छन् भने १४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख छ ।

