धादिङमा कोरोना संक्रमितको संख्या १ हजार ३६ पुग्यो (विवरण समेत)

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७७

धादिङ कार्तिक ८ । धादिङ जिल्लामा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ हजार ३६ जना पुगेको छ । जसमा १७ जना शुक्रबार थपिएका हुन् । हाल सम्म संक्रमित धादिङ जिल्लाका १२ जनाले ज्यान गुमाएका छन् भने निको भएर घर र्कनेको संख्या ४९९ जना पुगेका छन् ।

धादिङमा संक्रमित विवरण

  • नीलकण्ठ नगरपालिकामा ३ सय ४६ जना
  • गल्छी गाउँपालिकामा १ सय ७ जना
  • त्रीपुरासुन्दरी गाउँपालिकामा ९३ जना
  • बेनिघाट रोराङ गाउँपालिकामा ७८ जना
  • ज्वालामुखी गाउँपालिकामा ७२ जना
  • गजुरी गाउँपालिकामा ६२ जना
  • थाक्रे गाउँपालिकामा ६० जना
  • धुनीबेसी नगरपालिकामा ४२ जना
  • सिद्धलेक गाउँपालिकामा ३१जना
  • नेत्रावती डबजोङ गाउँपालिकामा २९ जना
  • खनियाबास गाउँपालिकामा २८ जना
  • गंगाजमुना गाउँपालिकामा २४ जना
  • रुविभ्याली गाउँपालिकामा १२ जना
  • धादिङ घर भएका अन्य ठेगाना नखुलेका ८ जना
  • धादिङ अस्पतालका ५५ जना
  • स्वास्थ्य कार्यालय धादिङका ४ जना