धादिङ अस्पतालको महिला ट्वाईलेटमा २२ हजार नगद फेला परेको छ

Avatar photo
Dhadingpost
भदौ २६, २०७७

धादिङ भाद्र २६ । धादिङबेसी स्थित जिल्ला अस्पतालको महिला ट्वाईलेटमा नगद २२ हजार फेला परेको जिल्ला अस्पतालको फर्मेसीका सुदिप ठकुरीले बताउनु भएको छ ।

उक्त रकम ट्वाईलेट जाने एक विरामी महिलाले फेला पारि फर्मेसीमा बुझाई दिनु भएको र सम्बन्धित मान्छेलाई दिन भनेर राखिएको फर्मेसीका ठकुरीले बताउनु भयो ।

पैसा सुरक्षित छ आफ्नो भएको भरपर्दो दावी सहित फर्मेसीमा आएर सम्बन्धीत मान्छे लान सक्ने उहाँले धादिङपोष्टलाई बताउनु भयो । उक्त पैसा अन्दाजी ५ बजे तिर फेला परेको थियो ।