
धादिङ भाद्र २३ । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन धादिङ तथा कर्मचारी मिलन केन्द्र धादिङले निजामती सेवा दिवसको अवसरमा निवन्ध प्रतियोगिता सम्पन्न गरेको छ ।
‘स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशानसेवा’ भन्ने नारा सहित १७ औं निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीहरु सहभागि उक्त “विश्व महामारी कोभिड–१९ नियन्त्रणमा निजामती कर्मचारीको भूमिका” विषयक निबन्ध निवन्ध प्रतियोगितामा सोमबार सम्पनन भएको हो ।

प्रतियोगितामा धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विक प्रथम, धादिङ जिल्ला अदालतका टेकबहादुर कटुवाल द्वितिय र बेनीघाट रोराङ गाउँपालिकाका शिक्षा प्रमुख बोधराज पाठक तृतिया हुनुभएको थियो ।
प्रथम, द्धितिया र तृतिया हुने कर्मचारीलाई प्रमाण पत्र सहित क्रमश नगद ३ हजार, २ हजार र १ हजारले पुरस्कृत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेलको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगीतामा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्य रहेको थियो ।
