
धादिङ भाद्र १२ । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङबाट ११५ जनाले जीवन बलिदानी दिएका थिए । जसमा भाद्र महिनामा मात्रै जनयुद्धको क्रममा धादिङ ८ जनालाई माओवादी भएकै क्रममा तात्कालिन सेनाले हत्या गरेको थियो ।
भाद्र महिनामा सहिद हुनेमा भुमेस्थान निवासी १६ वर्षिय विन्दा सुवेदी देखि ४८ वर्षिय इन्द्र बहादुर थपलिया समेत हुनुहुन्छ ।
सहिद विवरण
| क्र.स. | नाम | ठेगाना | सहादत मिति | स्थान |
| १. | रिता श्रेष्ठ, रेजिना | नीलकण्ठ-१४, धुँवाकोट | ०५९।०५।०१ | सर्तुङ |
| २. | चन्द्र बहादु तामाङ, प्रताप | नीलकण्ठ-१४, धुँवाकोट | ०५९।०५।२३ | सन्धिखर्क |
| ३. | मुकुन्द सेन, सन्देश | कल्लेरी | २०५९।५।२९ | थर्पु |
| ४. | रञ्जिता ढकाल, प्रगति | गंगाजमुना, बसेरी | २०६०।५।२७ | नुवाकोट |
| ५. | इन्द्र बहादु थपलिया, चट्यान | बेनिघाट रोराङ, धुषा | २०५९।५।१५ | भुमेस्थान |
| ६. | सुमित्रा दंगाल, संगिता | जीवनपुर | २०५९।५।१३ | तसर्पु |
| ७. | बिन्दा सुवेदी, अनिता | भुमेस्थान | २०५९।५।१५ | भुमेस्थान |
| ८. | कमल ढकाल, तराई | भुमेस्थान | २०५९।५।१५ | भुमेस्थान |
मैदी प्रहरी चौकी, दार्खा प्रहरी चौकी, अर्घाखाचीको सदरमुकाम सन्धिखर्क २०५९/०५/२३ नुवाकोटको तारुका चौकी, स्याङजा सदरमुकाम कार्बाही २०५८/०८/०८ लगायतका थुप्रै जिल्ला क्षेत्र अञ्चल स्तरिय कार्वाहीमा सहभागी धुँवाकोटका चन्द्र बहादुर तामाङ प्रतापले समेत यहि महिनामा सहादत प्राप्त गर्नु भएको थियो ।
यस्तै साहित्यमा निकै रुचि राख्ने, मेलमिलाप क्षेत्रमा दख्खल सुनौला बजारका मुकुन्द सेनलाई पनि तात्कालिन सेनाले माओवादी बने कै आधारमा निशस्त्र अवस्थामा नै हत्या गरेको थियो ।
भाद्र महिनाको १ गते सहादत प्राप्त गर्नुहुने रेजिनाको जीवनी धादिङपोष्टले प्रकाशित गरी सकेको छ भने अन्य सहिदहरुको पनि सहादत प्राप्त गरेको दिन जिवनी प्रकाशित गर्ने छौं ।

