धादिङको बेनीघाट रोराङमा, बित्तिय संस्था र अत्यावश्यक सामाग्रीका पसल खुल्यो

Avatar photo
Dhadingpost
भदौ ७, २०७७

धादिङ भाद्र ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले कोरोना भाईरस समुदायमा फैलन सक्ने जोखिम न्यूनिकरणका लागि अवरुद्ध भएको सेवाहरु सेवाग्रहीको लागि तीन सर्त जारी गर्दै सुचारु भएको जनाएको छ ।

गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सन्तोष अर्यालले एक सूचना जारी गर्दै सेवाग्रहीले तीन सर्त अनिवार्य पालना गर्ने गरि गाउँपालिका र यस अन्तरगतका वडा कार्यालयहरुको सेवा प्रवाहसूचारु भएको भएको बताउनु भएको हो ।

सेवाग्राहीले पालना गर्नु पर्ने तीन सर्तमा अनिवार्य मास्क लगाउनु पर्ने, कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नु पर्ने र साबुन पानीले हात धुनेसेनिटाईजर लगाउने रहेका छन् ।

सूचनामा अर्यालले गाउँपालिका भिर रहेका बैंक तथा वित्तय संस्थाहरुलाई दैनिक ११ बजे देखि २ बजे सम्म सेवा प्रवाह गर्न समेत निर्देशन दिईएको छ भने अत्यावश्यक सामाग्री विक्रि गर्ने पसलहरुलाई बिहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ४ बजे देखि ६ बजे सम्म संचालन गर्न समेत भनिएको छ ।

यस्तै सूचनामा उद्योग, होटल, सार्वजनिक यातायात, व्यापार, संघ संस्थाहरुलार्यअर्को निर्णय नहसँदा सम्म बन्द नै राद्यन अनुरोध गरिएको छ ।