
धादिङ साउन ९ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ नयाँ ऐन लागु भएसँगै रमेशकुमार सिलवाल लगायत राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी र सदस्य पदमुक्त भएका थिए ।
त्यसपछि नेपालको इतिहासमा पहिलो पटक युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि दरखास्त आव्हान गर्यो ।
गत महिना राष्ट्रपति विद्यादेवी भण्डराीबाट प्रमाणीकरण भएको नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि २७ जनाले निवेदन दिए तर युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलियाको संयोजकत्वमा रहेको समितिले मापदण्ड पुगेका एक महिलासहित ३ जनाको नाम युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई सिफारिस गर्यो । अब यी तीन जनाबाट छानेर क्याविनेटले १ जनालाई राखेपको सदस्य सचिव बनाउने छ ।
को हुन् यी तीन जना ?
१. रमेश कुमार सिलवाल
धादिङ मलेखु घर भएका रमेश सिलवाल ऐन लागु भएकोले कार्यअवधी नसकिँदै पद मुक्त भएकोले क्याविनेटले निर्णय गर्ने पल्लाभारी रहेको स्रोतबो दावी छ । त्यसो त अर्को बलियो आधार भनेको सिलवाल प्रधान मन्त्रीको विश्वास पत्र समेत रहेको स्रोतको दावी छ ।
२. लिलबहादुर थापा
तीन जना मध्यको दास्रो व्यक्ति हुन् लिलबहादुर थापा उनी पूव माओवादीकेन्द्र नीकट हुन् भने प्रचण्डका विश्वास पात्र पनि हुन् । भागबण्डाको आधार र अहिलेको नेकपा भित्रको विवादमा प्रचण्डलाई सन्तुलनमा राख्न प्रधान मन्त्रीले त्याग देखाए भने थापाको पनि अवसर आउन सक्ने बताईन्छ ।
३. अन्जु श्रेष्ठ
तेस्रो व्यक्ति हुन् अन्जु श्रेष्ठ, उनी महिला भलिबल राष्ट्रिय टोलीकी पूर्व कप्तान हुन् नेता नीकट नदेखिएकी उनी महिला र पूर्व कप्तान भैसकेको हुनाले सिलवाल र थापा कस्लाई बनाउने भन्ने विवाद देखियो भने मात्र उनी प्रथामिकतामा पर्ने स्रोतको दावी छ ।
