धादिङमा आज पनि थपिए, यो सँगै संक्रमितको संख्या ९४ पुग्यो

Avatar photo
Dhadingpost
असार ५, २०७७

धादिङ असार ५ । धादिङ जिल्लामा २ जना कोरोना भाईरस संक्रमित थपिए संगै संक्रमितको संख्या ९४ जना पुगेको छ ।

पछिल्लो पटक शुक्रबार थपिएका दुबै जना नीलकण्ठ नगरपालिका निवासी हुन् । नीलकण्ठ नगरपालीकाका स्वास्थ्य संयोजक विष्णु रिजालका अनुसार आज पुष्टि भएका संक्रमित धुँवाकोटका २९ वर्षिय एक पुरुष र ज्यामरुङका ३२ वर्षिय एक पुरुष छन् ।

यो सँगै धादिङ संक्रमित हुनेको संख्या नीलकण्ठ नगरपालिकामा ५३ जना, ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, सिद्धलेक गाउँपालिकामा २ जना, नेत्रावती डब्जोङ, उँपालिकामा १ जना, गल्छी गाउँपालिकामा १ जना, थाँक्रे गाउँपालिकामा १ जना, धुनीबेसी नगरपालिकामा १ जना, गजुरी गाउँपालिकामा १ जना पुगेको छ ।

यस मध्य नेत्रावती डब्जोङ गाउँपालिकाको एक पुरुष, गल्छी गाउँपालिकाकी एक महिला र थाँक्रेका एक पुरुष, सिद्धलेककी एक महिला र धुनिबेशीकी कोरोना संक्रमित एक महिला गरी ५ जना निको भएर फर्किसकेका छन् ।

x