
काठमाडौं बैशाख १० । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघको सहकारर्यमा नेटवर्क गठन भएको छ ।
कोभिड-१९ विरुद्ध लड्न नेपाल सरकारबाट भैरहेका कार्यहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्त स्वतन्त्रता, न्याय प्रशासनमा पहुच, नागरिकको कर्तंव्य लगायतका विषयहरुको अनुगमन गरी आवश्यक सुझाव दिन नेटवर्क गठन गरिएको बताईएको छ ।
यो तीनवटा संस्थाको प्रतिनिधि रहने नेटवर्क केन्द्र, प्रदेश र जिल्ला तह सम्म हुने राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक डा. टीकाराम पोखरेल बताए ।

