
धादिङ बैशाख १० । धादिङमा बैशाख ४ गते देखि बन्द रहेका खाद्यान्न र तरकारी तथा फलफुल पसलहरु बिहिबार देखि खुल्ने भएका छन् ।
अत्यवश्यक सेवा भित्र पर्ने खाद्यान्न र तरकारी तथा फलफुल पसलहरु समेत धादिङ उद्योग वाणिज्य संघ सहित१४ वटा संस्थाहरुले बैशाख ४ गतेबाट बन्द गर्दा सवत्र विरोध भएको थियो । बुधबार धादिङ उद्योग वाणिज्य संघको संयोजनमा बसेको बैठकले बिहान ११ बजे देखि साँझ ४ बजे सम्म खाद्यान्न र तरकारी तथा फलफुल पसलहरु खुलाउने निर्णय गरेको हो ।
माईनेटमा कति गतेको ११ बजेदेखि ४ बजे सम्म पसल खुल्ने उल्लेख नगरिएपनि बैशाख ११ गते देखि नै यो लागु हुने वैठकमा सहभागि एक सदस्यले बताए ।
बैठकले बैशाख १५ गते सम्म कोरोना भाईरसको संक्रमणको जोखिम कम गर्न काठमाडौ तथा तराईका जिल्लाहरुबाट हरियो तरकारी नल्याउन व्यवसयीहरुलाई आव्हान गरेको छ ।
यो पनि पढ्नुहोस्
धादिङमा अत्यावश्यक सेवा बन्द गरिनु मानवअधिकार विपरित
धादिङ उद्योग वाणिज्य संघको सहित १४ वटा संस्थाहरुले धादिङको बैशाख १० गते बसेको बैठकको निर्णय


