चैत्र महिना भर सिनेमा हल, जीम र डान्सबार बन्द गर्न निर्देशन

Avatar photo
Dhadingpost
चैत्र ५, २०७६

काठमाडौं चैत्र ५ । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न चैत्र महिना भर सिनेमा हल, खेल स्थल, जीम, डान्सबार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान मन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो ।’

यस्तै बैठकले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने निर्णय समेत गरेको छ ।

यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।

x