बेनिघाटमा साहित्यकार सम्मानित

Avatar photo
Dhadingpost
मंसिर २०, २०७६

धादिङ मंसिर २० । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाटमा स्वरसम्राट नारायण गोपालको सम्झनामा “स्वरसम्राट स्मृति साँझ” सम्पन्न भएको छ ।

गाउँपालिका प्रमुख पित्तबहादुर डल्लकोटी (हरि) को प्रमुखआतिथ्यतामा बिहिबार भएको उक्त साहित्यिक स्मृति साँझमा कल्याण त्रिपाठी, मालती रसाइली, मुमद मिया, निराजन श्रेष्ठ, इश्वर श्रेस्ठ, रामकुमार रिमाल, सुशान्त बराकोटी (बाल गायक), महान त्यागी, सुशिल चन्द्र रेग्मी, सुरेश गोतामे, सरिता पाठक लगायतले साहित्यिक प्रस्तुति राखेका थिए ।


स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवसको अवसरमा आयोजित उक्त “स्वरसम्राट स्मृति साँझ” २०७६ साहित्य र कलाको क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।

समनित हुनेहरुमा मरणोपरान्त सम्मान तर्फ स्व. मेहरमान श्रेष्ठ, स्व. केशरिदास श्रेष्ठ, स्व. सेतुराम श्रेष्ठ, स्व. गरिब खान र अन्य सम्मानित हुनेहरुमा साहित्यकार घनश्याम कडेल
संगितकार मथुरा श्रेष्ठ, साहित्यकार दिपेन्द्रसिंह थापा, साहित्यकार प्रयाद सौरभ श्रेष्ठ, भजन गायक पुरुषोत्तम खतिवडा र रामकुमार रिमाल, लोक गायक भरत बराकोटी, साहित्यकार उमेश कुमार कडेल, साहित्यकार भवलाल श्रेष्ठ, साहित्यकार भैरव खाँड ठकुरी, लोक गायक अविरल मगर, गायक रामलाल श्रेष्ठ, वाध्यवादक चन्द्रदास श्रेष्ठ, वाध्यवादक गुह्यश्वरी श्रेष्ठ, अभिनेता चिनियालाल श्रेष्ठ, मूर्तिकार रविन्द्र कडेल, नव प्रतिभा सुशील चन्द्र रेग्मी रहेका छन् ।

कार्यक्रममा कवि दिपेन्द्रसिंह थापाले यस्तो कार्यक्रमले लुकेका प्रतिभाहरुको पहिचान र प्रस्फुटनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।

कार्यक्रम संयोजक महान त्यागीले बेनिघाट रोराङ गाउँपालीकामा साहित्यिक कार्यक्रमहरुलाई निरन्तरता दिने जिम्मेवारी अब युवापुस्ताको काधंमा रहेको बताएका थिए बेनिघाटबाट कार्यक्रमको जानकारी दिँदै दिपेश कंडेले धादिङपोष्टलाई बताए ।