अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुन: नानुकाजी अर्याल

Avatar photo
Dhadingpost
अशोज २७, २०७६

धादिङ असोज २७ । तामझामका साथ काठमाडौमा सम्पन्न भएको अन्तराष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशनबाट अध्यक्षमा पुन: नानुकाजी अर्याल चयन भएका छन् ।

प्रथम अधिवेशनबाट पुरानै समितिलाई नयाँ कार्य समितिमा वैधानिक दिन खोजपछि विभिन्न देशबाट आएका समाजका प्रतिनिधिहरुले बन्द सत्रमा हो हल्ला गर्दै आलोचना गरेका थिए ।

दुई वर्ष सम्म संस्था दर्ताको प्रक्रियामा लान नसक्ने, आर्थिक हिसाव किताव सार्वजनिक गर्न नसक्ने, जिल्लामा अन्तराष्ट्रिय धादिङ समाजले यो चाहि काम गर्यो है भन्ने वातावरण सम्म नबनाएको पुरानो नेतृत्व हट्नु पर्ने माग सहित हो-हल्ला गरेका थिए ।

हो-हल्ला पछि पुरानो ७ सदस्यीय समितिलाई बढाएर ११ सदस्यीय बनाई कार्यसमिति बनाईएको थियो ।

जसमा बरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ, प्रथम उपाध्यक्षमा अर्जुन प्रसाल धरेल, द्धितिय उपाध्यक्षमा विमल श्रेष्ठ, महासचिवमा प्रमोद भट्ट, सचिवमा दिपक कंडेल, सह सचिवमा कृष्ण सिंखडा, कोषाध्यक्षमा दिनेश थापा र सदस्यहरुमा जीवन पन्त, कृष्ण खनाल र सन्तोष अधिकारी चयन भएका छन् ।

एनआरएनएको नवौ महादिवेशनका उम्मेदवार सँग आर्थिक जुटाएर कार्यक्रम तामाझम गरिएको थियो । धादिङमा एक से एक कार्यक्रम उद्घोषक हुँदा हुँदै पनि बाहिरको उदुघोषक ल्याई नरेश भट्टारई जस्तो कुशल कार्यक्रम संचालकलाई भद्रगोल रुपमा कार्यक्रम संचालन गर्न लगाईएको भन्दै प्रनिधिनीहरुले आलोचना गरेका थिए ।

कार्यक्रममा कलाकार हेमन्त शर्मा, राधिका हमाल, हाँस्य कलाकार जितु नेपाल मुन्द्रे लगायतका कलाकारहरुलाई ल्याईएको थियो । भेला नेपाल सरकारका संघिय मालिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा आईतबार सम्पन्न भएको थियो ।