
धादिङबेसी भाद्र ११ । धादिङबेसी स्थित धादिङ बोर्डिङ र न्यू धादिङ बोर्डिङमा आयोजित दुई हप्ते अंग्रेजी र नेपाली हस्तलेखन सुधार कार्यशाला सकिएको छ ।
कक्षा १ देखि ८ सम्म अध्ययनरत ३०० भन्दा बढी विद्यार्थीहरु सहभागि उक्त तालिम द कस्मिक स्टार्स प्रा. लि. काठमाडौले आयोजना गरेको थियो ।
तालिब पूर्व र तालिम पछि विद्यार्थीहरुको हस्त लेखनमा धेरै परिवर्तन भएको छ हामीले सोचेअनुरुप नै तालिम संचालन भयो विद्यार्थीहरुले पनि चासो र उत्साहपूर्वक तालिममा सहभागि भए तालिमा सहभागि द कस्मिक स्टार्स प्रा. लि. का प्रशिक्षक उर्मिला श्रेष्ठ मानन्धरले बताईन् ।
गत साउन २८ गते देखि सुरुभएको उक्त कार्यशालामा न्यु धादिङ बोर्डिङ र धादिङ बोर्डिङ स्कुलका शिक्षकहरुलाई समेत मनोकर्सिभ हस्तलेखनको बारेमा प्रशिक्षण दिईएको थियो ।
