अष्टेलियका प्रधनामन्त्री म्यालकम टर्नबुलको बहिर्गमन, स्कट मोरिसन बने नयाँ प्रधानमन्त्री

Avatar photo
Dhadingpost
भदौ ८, २०७५

एजेन्सी, भाद्र ८ । दलभित्र नेतृत्वको प्रतिस्पर्धाका कारण अष्ट्रेलियाली प्रधानमन्त्री म्यालकम टर्नबुल प्रधानमन्त्री पदबाट बाहिरीने भएपछि स्कट मोरिसन त्यहाँका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

टर्नबुलले कमजोर मतका कारण दबाब झेलिरहेका थिए । जसलाई उनले कन्जर्भेटिभ दलको ‘विद्रोह’ को रुपमा व्याख्या गरेका छन् ।

चुनाव समिपमा रहेको अवस्थामा सत्ताधारी दलका एमपीहरु सरकारको कमजोर मत प्रतिक्रिया र हालसालैका चुनावी हारका कारण द्वविधामा थिए ।

पछिल्लो हप्ता उर्जा नीतिमाथिको विवादले मध्यमार्गी प्रधानमन्त्री टर्नबुल र उनको कन्जर्भेटिभ दलबीच लामो समयदेखि चलिरहेको तनावलाई बल्झाएको थियो ।

नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएका स्कट मोरिसनले आन्तरिक चुनावमा ४५ मत ल्याएका थिए भने गृह मामिला मन्त्री पिटर डुट्टनले ४० मत ल्याएका थिए । मोरिसन दलका कोषाध्यक्ष हुन् ।

एक दशकभित्र दलको आन्तरिक कारणले बर्खास्त हुने टर्नबुल अष्ट्रेलियाका चौथो प्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री टर्नबुलले शुक्रबारे भने,‘यो महान् देशको नेता बन्नु मेरो लागि गर्व थियो । म अष्ट्रेलियालाई माया गर्छु । अष्ट्रेलियालीहरुलाई माया गर्छु ।’