नेवि संघ धादिङद्वारा सिपि कलेजका अध्यक्षलाई २४ घण्टे अल्टिमेटम

Avatar photo
Dhadingpost
साउन ९, २०७५

धादिङ साउन ९ । धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय उच्च माविका अध्यक्ष शान्त विक्रम बानियालाई नेवि संघ धादिङले २४ घण्टे अल्टिमेटम दिएको छ ।

नेपाली कांग्रेस का निष्ठावान आदरणीय नेता रामचन्द्र पौडेलका बिरूध्द भ्रम फैलाउने नीयतबाट साउथ अफ्रिकी आन्दोलनमा एक बर्षअघि ढुंगा हान्दैगरेको कुनै प्रदर्शनकारीको फोटो क्रप गरि सामाजिक संजाल हालेको भन्दै उक्त फोटो सामाजिक संजालबाट नहटाए सिपि कलेज तालाबन्दी गर्ने नेवि संघ धादिङले बानियालाई २४ घण्टे अल्टिमेटम दिएको हो ।

नेवि संघ धादिङका अध्यक्ष दिपक कोइराला आफ्नो फेसबुक स्टाटमा लेख्छन्- उक्त स्टाटस हटाउन गरिएको आग्रहलाइ चुनौति दिंदै नीजले आफ्नो घटियापन देखाउंदै नेबि संघ धादिङ का अध्यक्ष इश्वर अधिकारी र पूर्ब अध्यक्ष दीपक कोइरालालाइ दुर्व्यवहार गरेकाछन् । अबको चौबिस घण्टा भित्र उक्त स्टाटस हटाइ सार्बजनिक रूपमा माफी नमागे सीपी कलेज धादिङ मा नेबि संघले अनिश्चित कालीन तालाबन्दी गर्ने चेतावनी दिएका छौ ।

सपि कलेजका अध्यक्ष शान्तविक्रम बानियाले आफ्नो फेसबुकमा अपलोड गरेको फोटो