एजेन्सी, असार २५ । महिला आफ्नो डान्स भिडियोमार्फत एक किशोरीको गिरफ्तारीको विरोध गरिरहेका छन् ।
इरानमा थुप्रै महिला सोसल मिडियामा डान्स गरिरहेको भिडियो धमाधम सार्वजनिक गरिरहेका छन् ।
होजाब्रीको समर्थनमा मानिसहरु ‘नाच्नु अपराध होइन’ भन्ने आशयको ह्यासट्याग प्रयोग गरिरहेका छन् ।
इरानमा महिलाको कपडा र पुरुषसँग डान्स गर्न कडा नियम लागू छ । यद्यपी, परिवारको सदस्यसँग भने यो नियममा छुट दिइएको छ ।
पक्राउ परेकी मीदा होजाब्रीले इरानी र पश्चिमी संगीतमा डान्स गरिरहेको सबै भिडियो जारी गरेकी छिन् र हज्जारौं मानिसहरु यसलाई फलो पनि गरिरहेका छन् ।
यी किशोरीको गिरफ्तारीपछि सोसल मिडियामा मानिसहरुले युवा डान्सरको समर्थन गर्न सुरु गरेका छन् ।
होजाब्रीजस्तै अन्य डान्स कलाकारलाई पनि हालै पक्राउ गरिएको छ ।
