धादिङको प्यालदोर आधार शिविर जाने पदमार्ण निमार्ण सुरु

Avatar photo
Dhadingpost
असार ७, २०७५

धादिङ असार ७ । धादिङको पर्यटकिय स्थल प्यालदोर हिमालको आधार शिविर जाने पदमार्ग निर्माण कार्य सुरुभएको छ ।

प्यालदोर आधार शिविर जाने पदमार्ग निर्माण शुरु नेपाल पर्वतारोहण संघ (एनएमए) द्वारा विनियोजित रकमबाट धादिङ जिल्लाको पर्यटकीय क्षेत्र प्यालदोर आधार शिविर जाने पदमार्ग निर्माण कार्य शुरु भएको हो ।

एनएमएद्वारा विनियोजित १० लाख रुपैंयाँमा पदमार्ग निर्माण हुन लागेको एनएमए गणेश हिमाल शाखा धादिङका महासचिव चन्द्र गुरुङले धादिङपोष्टलाई बताए ।

पदमार्ग निर्माण भएपछि पर्यटकको आगमनमा बृद्धि हुनुको साथै गन्तब्यमा पुग्न सहज हुने र ‘पदमार्ग निर्माणले आरोहणका लागि जाने आन्तरिक तथा वाह्य पर्यटकलाई फाईदा पुग्नुका साथै स्थानीयलाई पनि फाईदा पुग्नेछ ।’ समेत महासचिव गुरुङले बताए ।