काठमाडौं, असार ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन् ।
डा. देवकोटाको सोमबार अपराह्न निधन भएको थियो । उनको शवलाई श्रद्धाञ्जलि प्रकट गर्न अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । आज दिउँसो १ बजेपछि शवयात्रा गरी पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा डा.देवकोटाको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा. देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल पुगी उनकी धर्मपत्नी डा.मधु देवकोटा दीक्षित एवं छोरीहरुलाई समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीका तर्फबाट शोक सन्देश दिए ।
सन्देशमा राष्ट्रपति भण्डारीले डा. देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुःख प्रकट गरेकी छन् ।
