यी हुन्, चिनलाई उपहार दिन लागिएका गैंडा

Avatar photo
Dhadingpost
असार ३, २०७५

चितवन असार ३ । नेपाल सरकारले चीनलाई उपहार स्वरुप दुई जोडी गैंडा पठाउन लागेको छ ।

चिन पठाउन लागिएको दुई जोडी गैंडा अहिले चितवन सौराहमा राखिएको छ । जंगलबाट ल्याएको केहि दिनमा नै मान्छेको सम्पर्कमा रहेको यी गैडाहरुलाई बोमा (खोर) मा राखिएको छ ।

दुईवटै गैंडा गएको वैशाखमा चितवन निकुञ्जको पश्चिम सेक्टरबाट नियन्त्रणमा ल्याएर सौराहामा राखिएको गैंडा हो । पहिलो चरणमा अलि ठूला गैंडा चीन पठाउने तयारी भएको निकुञ्जले जनाएको छ । असार १५ पछि चिनियाँ टोली आउने र त्यसपछि कहिले पठाउने भनेर निधो हुने छ ।

यी हुन्, चिनलाई उपहार दिन लागिएका गैंडा