धादिङ असार २ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले देशभरका शैक्षिक संस्था असार ३ गते बन्द गर्ने गरि शैक्षिक हड्ताल गरेको छ ।
शैक्षिक आन्दोलनरत अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने झुटा मुद्धा लगाउने जस्ता कार्य सरकारले गरेकोले तत्काल विना सर्त नेता तथा कार्यकर्ताको रिहाइको लागि हड्ताल गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
केहि दिन अघि अखिल क्रान्तिकारी तामसालिङ राज्यका संयोजक धादिङका बद्री अधिकारी लगायतलाई समेत रसुवाबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
एक सात पहिला बन्द उल्लङ्घन गरेको भन्दै क्रान्तिकारी सहितको ६ विद्यार्थी संगठनका कार्यकर्ताले नीलकण्ठ क्याम्पसमा टोडफोड गरेका थिए ।
पटक-पटकको बन्दका कारण विद्यालयहरु बन्द हुँदा अभिभावकहरु चिन्तित बनेका छन् । भने बन्दकर्ताहरुले समेत बन्दको दिन शैक्षिक संस्थाहरु संचालनमा ल्याए कार्वाही गर्ने चेतावनी दिइरहेको एक नीजी विद्यालयका संचालकले चिन्ता व्यक्त गरे ।

