डडेल्धुरा, जेठ । अवैध भरुवा बन्दुक र मारेको रतुवासहित पक्राउ परेका ५२ वर्षीय राजबहादुर चन्दलाई सार्वजनिक गरेको छ ।
पक्राउ परेका चन्दलाई हातहतियार तथा खरखजना ऐन, २०१९ अन्तर्गत कारबाही हुने र वन्यजन्तु मारेवापत वन्यजन्तु संरक्षण ऐन, २०२९ कारवाही हुने प्रहरीले बताएको छ ।
प्रहरीले चन्दबाट मरेको रतुवा, १ थान बन्दुक, एक थान खुकुरी, ६ वटा गोली र ११० ग्राम बारुद बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले पत्रकार बिहीबार पत्रकार सम्मेलन गरी अजयमेरु गाउँपालिका–३, गुनपालका ५२ वर्षीय राजबहादुर चन्दलाई सार्वजनिक गरेको हो ।
प्रहरीले मारेको रतुवा बिहीबार नै जिल्ला वन कार्यालय, डडेल्धुरालाई हस्तान्तरण गरेको छ ।
रानी वन गुनपालमा रतुवा मारी बोकेर घर लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।
