काठमाडौं, जेठ २९ । कृषिमन्त्री चक्रपाणि खनालले राजधानीका चारवटा डेरीमा छापा मारी सिलबन्दि गराएको छ ।
छापा मारीएका सबै डेरीमा सरसफाइको कमी रहेको र दूधको बोरामा उत्पादन म्याद नखुलाइएको भेटिएपछि आधुनिक डेरीका तीन र पुष्प डेरीको एक गरी चार वटा गोदाममा मन्त्री खनालले सिलबन्दि गराएका छन् ।
उपत्यकामा सर्वाधिक खपतहुने कृषि उपज दुधको गुणस्तर खस्केको र स्वास्थ्यलाई हानि पु्याउने वस्तु मिसावट भएको गुनासो मन्त्रालयमा पुगेपछि मन्त्रीले डेरीमा छापा मारेका हन् । कृषि राज्यमन्त्री रामकुमारी चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण र फुड इन्सपेक्टर सहित बालाजु औद्योगिक क्षेत्र पुगेका मन्त्री खनालको टोलीले डेरीमा छापा मारेको हो ।
