वागेश्वरी मावि बैरेनीका बिद्यार्थी कक्षा कोठामै बेहोस

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७५

धादिङ, जेठ २५ । गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको वागेश्वरी माध्यमिक बिद्यालयमा विहिबार अचानक धेरै जना बिद्यार्थी एकै पटक विरामी परेपछि बिद्यालयमा हाहाकार मच्चिएको छ ।

शिक्षक र अरु बिद्यार्थी अत्तालिन पुगे,बिद्यालयको घटना विस्तारै वरिपरी हल्लाखल्ला हुन थाल्यो, अभिभावकहरु पनि आत्तिदै बिद्यालय परिसर पुगे । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी पनि बिद्यालय पुगे । बिद्यालयमा भिड बढ्यो । विरामी परेका बिद्यार्थीलाई प्राथमिक उपचारको प्रयास गरियो,उपचारका क्रममा खासै प्रगति नदेखिएपछि सबै विरामी बिद्यार्थीलाई काठमाण्डौं पठाईयो । धादिङको गल्छी गाउँपालिका ६ स्थीत बैरेनी हेल्थ पोस्टको चरम लापरवाहीले गर्दा २२ जना बिद्यार्थी सिकिस्त बिरामी परेको आरोप अभिभावक, शिक्षकहरुले लगाएका छन ।

पछिल्लो समय सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवासमा रहेको कालीदेवी माविका विद्यार्थीहरुमा पनि अनौठो रोग देखिएको थियो । विद्यालयमा अनौठो प्रकारको लक्षण देखा परेपछि आईसीडिसी धादिङले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई मनोपरामर्श पनि दिएका थिए । मनोपरामर्शदाता राजन ढुवाडी भन्छन् – “मास हिस्टेरियाको रुपमा देखिएकाले यस्ता समस्याको समाधान औषधी उपचार नभई शान्त वातावरण तथा सरसफाईमा ध्यान दिनु हो ।” पारिवारिक समस्या, उमेर अनुसार शारीरिक वृद्धिविकास बढेका कारण पनि यस्तो लक्षण देखा पर्ने गरेको दुवाडीले बताए ।

वागेश्वरी माध्यमिक बिद्यालयमा बिहीबार बिहान करिब साढे दश बजे पहिलो बिषयको पठाई भैरहदा बैरेनी हेल्थ पोष्टलेले म्याद गुज्रिएका औषधि हेल्थपोष्टको परिसरमा जलाईदिंदा त्यहाँ बाट निस्केको गन्धसहितको धुँवा बिद्यालयको कक्षा कोठामा कक्षा कोठा भित्रै छिरेपछि बिद्यार्थीहरुलाइ श्वास प्रश्वासमा गाह्रो भएको भएको बिद्यालयले जनाएको छ ।

केही बिद्यार्थीलाइ स्थानीय स्तरमै उपचार गरेपनि सिकिस्त १३ जनालाइ थप उपचारको लागि काठमाडौंको लगिएको थियो ।
अरुबेला रातको समयमा यसरी हेल्थपोस्टमा म्याद नाघेका औषधि जलाइन्थ्यो तर बिहीबार स्कुलमा बिद्यार्थी पढ़रहेको समयमा हेल्थ पोष्टको औषधिजन्य फोहोर जलाइएको थियो ।

औषधिको गन्धका कारण बिद्यार्थीहरु बिरामी भएको अनुमान गरिएपनि एकैपटक धेरै जना छात्राहरु विरामी हुनुमा मास हिस्टेरियाको समस्या भएको हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

केही समय अघि धादिङको कुम्पुर, पीपलटारमा रहेको महाकाली माविका विद्यार्थीहरु बेहोस भएर ढल्न थालेपछि केही दिन विद्यालय बन्द गरिएको थियो । कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु बढी बेहोस हुने गरेका थिए । बेहोस भएपछि कराउने, छटपटाउने, चिच्याउने लगायतका क्रियाकलापहरु गर्ने गरेको विद्यालयका शिक्षक जनक आचार्यले जानकारी दिए ।

विद्यार्थी बेहोस भएपछि उनीहरुका अभिभावकले स्वास्थ्य संस्थामा जाँच गराउन लगेका थिए तर जाँच गराउँदा शरीरमा कुनै रोग नभएको चिकित्सकहरुले जानकारी दिएका थिए । सुरुका १र२ दिनमा २र३ जना विद्यार्थी बेहोस भएर ढलेका थिए । पछिल्ला दिनमा १५र२० जना बेहोस हुने गरेको र यसरी बेहोस हुने मध्ये छात्राहरु बढी रहेका थिए, कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेका थिए ।

विद्यालयमा यस्तो समस्या देखिन थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी एक साताको लागि विद्यालय बन्द गरिएको थियो । यस विद्यालयमा अघिल्ला वर्षहरुमा पनि विद्यार्थीहरु एक्कासी बेहोस भएर ढल्ने समस्या देखिएको थियो ।

केही बर्ष अघि खाल्टेको महेन्द्रोदय कालिका माध्यमिक बिद्यालयमा पनि यस्तै समस्या देखिएको थियो । हरेक दिन जस्तो बिद्यार्थी बेहोस हुनेक्रम नरोकिएपछि यहाँका अभिभावकहरुले देवि देउता रिसाएका कारण यस्तो समस्या भएको हुन सक्ने भन्दै यसको लागि विद्यालयले सप्तचण्डी यज्ञ गरी विद्यालय संगै रहेको कालिका मन्दिरमा फुलको डोली लैजानुपर्ने निर्णय गरेरेका थिए । अभिभावकहरुले विद्यालयले यज्ञका साथै कालिका मन्दिरमा फुलको डोली समेत लगेका थिए ।

मास हिस्टेरिया के हो ?
यो एक अनौठो रोग हो जस्मा एकैचोटी धेरै मानिसहरु एकै प्रकारको लक्षण देखाई विरामी पर्दछन । खासगरी काम्ने ढल्ने वेहोस हुने, श्वाासफेर्न गाहे हुने र आत्तिने आदी लक्षणहरु देखिने गर्छ । आत्तिने, डराउने ,श्वास बढने, कराउने अनि ढल्ने र बेहोस हुने एक पछि अर्को छात्रामा सर्दै गए जस्तो देखिने ठुलो भिडमा रोग आफै वढ्ने विरामीलाई सम्हाल्न नै गाहे भयो यो नयाँ रोग मास हिस्टेरिया थियो । धेरै मानिसहरु एकै चोटी देखिने मनोवैज्ञानिक समस्या जसमा शारिरिक लक्षण देखिन्छ यसलाई मास हिस्टेरिया भनिन्छ वा यसलाई मास कन्र्भसन डिसअर्डर भनिन्छ ।

मास हिस्टेरियाको कारण के हो ?
यसमा मानिसमा एक प्रकारको डर पैदा हुन्छ जस्ले गर्दा जव कुनै मानिसमा कुनै लक्षण देखियो अर्को मानिसमा पनि त्यस्तै देख्न थाल्छ । “मानिस ढल्ने र वेहोस हुने गर्दछ” भन्ने त्रास जब फैलन्छ अनि एउटा मानिस जव ढल्छ फेरि अकैमा पनि ढल्छ, बेहोस हुन्छ र आत्तिन्छ डराउछ । कतिपय मानिसमा मनमा पिडादायि कुरा बसेको हुन्छ । यस्तै बेला चिच्चाएर यस्ता तनावका कुरा बाहिर निस्कन्छन र अनौठो ब्यावहार देखाउने गर्छन । कति मानिस काम्ने र बोल्ने पनि गर्छन ।

मनमा रहेको आन्तिरीक पिडा विभिन्न लक्षणका रुपमा देखिने रोगलाई कन्भर्सन डिसअर्डर भनिन्छ । हाम्रो समाजमा महिलाहरु खुल्ला रुपमा आफ्नो समस्या बताउन नसक्नु र पिडा सहेर बस्नुमा यो रोगको कारण हुन जान्छ । त्यसो त पुरुषमा पनि यस्तो सम्स्या नाभएको होइन । हाम्रो बर्षौ देखिका तिता मिठा अनुभव हरु मस्तिस्कमा जम्मा भई बसेको हुन्छन् । कतिपय यस्ता समस्या मनमा खुल्ला रुपमा भने देखिदैनन् तर सपनामा वा अदृस्य रुपमा बोलीमा यि कुरा निस्कन्छन् । बास्तवमा यि बेहोसी मस्तिस्कमा रहेका पिडादाई कुराहरु बिरामीलाई बाहिरी रुपमा थाहा नहुन पनि सक्छ । त्यसैले अचानक यि पिडादायीक कुरा एकाएक शाररीक लक्षणका रुपमा देखिन थाल्छन् । जस्तै अचानक बाली रोकीने, अचानक हातखुट्टा नचल्ने, काम्ने र वाक्ने आदि । यो रोग आफैमा अनौठो मानिन्छ । किनभने बिरामीले केहि समयको लागि अनौठो लक्षण देखाउँछ । १,२ घण्टामा बिरामी जस्ताको जस्तै हुन्छ । जस्तै श्रीमान् श्रीमतीको बिचमा अचानक झगडा भयो अर्को दिनमा श्रीमतीको खुट्टा नचल्ने भई अस्पताल आउँछिन् । नशाको परिक्षण गर्दा सवै ठिक नै हुन्छ तर बिरामीले खुट्टा चलाउन सक्दैन । अर्को अनौठो कुरा के छ भने बिरामी खुट्टा चलाउन नसक्ने हुँदा पनि कुनै चिन्तीत देखिदैन । बेहोसी मस्तिष्कमा रहेको पिडाले उक्त खुट्टा नचल्ने भएको हुनाले यस्तो भएको हुन्छ ।

कतिपय बिरामीलाई बोक्सी लाग्यो भन्ने चलन पनि छ जुन साचाँे होइन, अन्धाविश्वास मात्र हो । कुखुरा, परेवा, बोका बलि दिने पुरानो रुढीबादी परम्परा गलत सावीत भएको छ ।