
धादिङ जेष्ठ २३ । सडक निर्माणको विषयमा आपसी विवादहुँदा खुकुरी प्रहारबाट नेत्रावती डब्जोङ् गापा ४ का सञ्जय तामाङ सख्त घाइते भएका छन् । घाइते स्थानिय २२ वर्षीय सञ्जय तामाङलाई उपचारार्थ लागि हेलिकप्टरबाट काठमाडौं लागिएको छ ।
बुधबार बिहान करीव ११ बजे गोठगाउँमा नास्ता खाइरहेको स्थानमा मुखमा मास्क लगाई आएका एक समूहले खुकुरी प्रहार गर्दा उनी घाइते भएको बताईएको छ ।
आक्रमण गर्नेहरु मध्ये परिचय खुलेका खनियाबास दार्खा निवासी अशोक तामाङ, मनोज तामाङ, मंगले तामाङ रहेको घाइतेको बयान उद्धृत गर्दै प्रहरीले जनाएको छ।
गंगाजमुना–१, का वडा प्रमुख बहादुर तामाङले सर्वे भएको गोठगाउँको बीचबाट निर्माण हुनु पर्ने सडक अन्तै मोडेपछि अघिल्लो हप्ता पनि विवाद भएको थियो ।
