मलेसियामा नेपालीको कुटाइबाट नेपालीकै मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ १८, २०७५

मलेसिया, जेठ १८ । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक युवाको नेपालीकै कुटाइबाट मृत्यु भएको छ ।

पर्वतको मोदीगाउँपालिका ५ का २२ वर्षीय युवा किशोर केसीको नेपालीकै कुटपिटबाट बुधबार मृत्यु भएको छ ।

गएको आइतबारसँगै काम गर्ने नेपाली युवाहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदया अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए ।

पूर्बी नेपालबाट रोजागरीका लागि मलेसिया पुगेका चार नेपाली युवाले रडले प्रहार गर्दा केसीको पेटमा गहिरो चोट लागेको कारण मृत्यु भएको बताइएको छ ।

मृतक केसीको बिहीबार स्थानीय अस्पतालमा पोष्टमार्टम भएको छ । भने शव नेपाल पठाउन एक हप्ता लाग्ने बताइएको छ । २० महिना अघि रोजागरीका लागि क्षेत्री मलेसिया पुगेका थिए ।

अविवाहित केसी परिवारका कान्छा सन्तान हुन । उनका पिता भिमबहादुर केसी पनि बैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए ।

परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देबी केसी अर्धचेत अवस्थामा छन भने गाउँलेहरुमा समेत रुवाबासी चलेको छ ।

केसीलाई कुटपिट गर्ने चारै चारै जना प्रहरी नियन्त्रणमा रहेको र उनीहरुम माथि अनुसन्धान भइरहेको बताइएको छ ।