दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७५

बुटवल, जेठ १७ । आफ्नै श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न अभियुक्त अर्जुन गौतमलाई आठ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानपछि रुपन्देही जिल्ला अदालतमा दाखिला गरिएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घटनामा खुल्न आएका सबै अपराधीलाई अहिलेसम्म पक्राउ गरी कानूनी दायरामा ल्याइएको समेत जनाइएको छ ।

बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन गौतमलाई आठ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अभियुक्त गौतमलाई गत चैत १० गते नियन्त्रणमा लिएपछि उनकै सहयोगमा अर्का अभियुक्त लामो समयदेखि भारतमा बस्दै आएका निजकै दाजु कृष्णप्रसाद गौतमलाई बोलाउन लगाई दुई दिन अघि पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बुधबार जानकारी दिए ।