एकाविहानै कुचो लिएर सडकमा निस्किए मेयर

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०७५

डडेल्धुरा, जेठ १५ । डडेल्धुरामा बजार सफा गरेर गणतन्त्र दिवस मनाइएको छ । बजार सफा गर्न मेयर विशेश्वर ओझा पनि कुचो लिएर निस्किए ।

सफा गर्नु सबैको कर्तव्य रहेको भन्दै दिवसको अवसरमा मात्र होइन, आफूले नियमित बजार सफाइ गर्ने अभियान नै चलाएको नगर प्रमुख ओझाले बताए ।

कार्यक्रममा अमरगढी नगरपालिका, विभिन्न सरकारी कर्मचारी र युवाहरुको सन्जाल ग्रीन अर्थ सोसाइटी नेपालको सहभागीता थियो । सदरमुकामको बागबजार, बगरकोट रोड, तुफानडाडा लगायतका क्षेत्रमा सफा गरिएको थियो ।