कर्मचारीले बुझाए सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Avatar photo
Dhadingpost
जेष्ठ १४, २०७५

धादिङ जेठ १४ । नेपाल निजामती कर्मचारी संगठन धादिङले प्रमुख जिल्ला अधिकारी भगिरथ पान्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

संघीय निजामती ऎनमा ट्रेड युनियन अधिकार कुन्ठित नगर्न आव्हान गर्दै संगठन धादिङल सिडिओ पान्डे मार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापन पत्र बुझाएको हो ।

देश संघिय संरचनामा गहि सक्दा पनि राज्यले संघीय ट्रेड युनियन अधिकार कार्यान्वयन नभएकोले प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको नेपाल निजामती कर्मचारी संगठन धादिङका अध्यक्ष कृष्णलाल उप्रेतीले बताए । फोटोः रविन श्रेष्ठ