धनगढीमा एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०७५

 

बैतडी, जेठ १३ । दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरको एम्बुलेन्स आज बिहान दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छ ।

घाइते हुनेहरुमा दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, ४० वर्षीय देवदत्त भट्ट र १८ वर्षीय गणेशदत्त भट्ट रहेका छन् ।

यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरको एम्बुलेन्स आज बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै दुर्घटनामा परेको हो ।

घाइतेहरु चारै जनाकोे उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।