धादिङबेसीमा फोटो पत्रकारिता तालिम सम्पन्न

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७५

सरस्वती खाँड ठकुरी
धादिङ जेष्ठ ३ ।
नेपाल फोटो पत्रकार संघ धादिङद्वारा आयोजित फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ ।

धादिङबेसीमा तीन दिन सम्म चलेको फोटो पत्रकारिता तालिम शनिबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो ।

तालिमलाई राससका सिनियर फोटो पत्रकार प्रदिपराज वन्त, आरआर क्याम्पसका फोटोग्राफी शिक्षक नरेश श्रेष्ठ र फोटो पत्रकार तथा भिडियो इडिटर राजन काफ्लेले सहजिकरण गरेका थिए ।

जिल्लाका विभिन्न गाउँपालिकाबाट ३० जना सहभागिता रहेको उक्त तालिममा फोटा पत्रकारिताको आचारसंहिता, फोटा पत्रकारिताको पूर्वतयारी, फोटो क्याप्सन लेखन, फोटो सम्पादन, डिजिटल फोटो संग्रह, क्यामराको सुरक्षा लगायतका विषयहरु प्रशिक्षित गरिएको प्रशिक्षक संयोजक प्रदिपराज वन्तले धादिङपोष्टलाई बताए ।

सबै प्रशिक्षर्थीहरुले अहिले क्यामराको मेनुअलबाट फोटो खिन्च सक्ने भएका छन्, यो तीन दिनको अवधिमा क्यमराको मेनुअल बारे ज्ञान हासिल गर्नु महत्वपूर्ण पाटो भएको आरआर क्याम्पसका फोटोग्रफर शिक्षक नरेन्द्र श्रेष्ठले बताए ।

यस्तै फोटो पत्रकार तथा भिडियो इडिटर राजन काफ्लेले अहिलेको तालिम वेशिक भएको र प्रशिक्षार्थीको उत्साहले गर्दा केहि एड्भान्स तालिमका विषयहरु पनि सिकाइएको बताए ।

नेपाल फोटो पत्रकार संघ धादिङका अध्यक्ष नारायण सिलवालको सभापतित्वमा उपाध्यक्ष मनिस दुवाडीले संचालन गरेका समापन कार्यक्रममा सहभागिहरु बद्री नेपाल, अर्जुन श्रेष्ठ, अमृत तामाङ र भिषण श्रेष्ठले तालिम सोचे भन्दा महत्वपूर्ण भएको र वर्षौ अघि देखि चलाउँदै आएका क्यामरा चलाउन नजानिएको रहेछ सिकियो र सिक्न अझै उत्प्रेरण बढेको बताएका थिए ।

तालिमका सहभागिहरु मध्यबाट उत्कृष्ठ प्रशिक्षार्थी घोषणा गर्दै आयोजकले बेनिघाट रोराङका विश्वदिप डल्लाकोटीलाई ट्रफि समेत गरेको थियो ।