दश वर्षपछि नेपाल स्वर्ग हुनेछः प्रधानमन्त्री ओली

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७५

काठमाडौँ, जेठ ५ । कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उद्घाटनका क्रममा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब विकास र समृद्धिको दौडमा निक्लिएक बताएका छन् ।

उनले भने,‘कोही विदेशी अबको दश वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले भन्नेछ – नेपाल मानिस र प्रकृतिले संयुक्त रुपमा सृजना गरेको एक स्वर्ग रहेछ। ‘नेपालमा जनतालाई खानलाउनको कुनै दुःख छैन। नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ। नेपालीहरु स्वस्थ छन्। आरोग्यता नेपालीको पहिलो प्राथमिकतामा छ। उपचारको राम्रो विमा भएकाले रोगलाग्दा कसैलाई दुःख छैन।’

प्रधानमन्त्री ओलीले कान्तिपुरले पनि यस्तै नेपालको परिकल्पना गरोस् भन्ने चाहेको बताए।

केही बेर धावकहरुसँगै दौडिएर प्रतिस्पर्धामा उत्रिएका २५ सय युवालाई हौस्याएका प्रधानमन्त्रीले कान्तिपुरको सभाहलमा व्यवस्थापन र सम्पादक मण्डलसँग आफ्नो विकासको खाका पनि सुनाए।

दश वर्षभित्रै समृद्ध मुलुक बन्ने दाबी गर्दै उनले भने, ‘दश वर्षमा नभए कहिले हुने शहरमा बाटो बनिसकेपछि गाउँमा खेत खन्न जाने होइन। शहरमा बाटो बन्दै गर्दा गाउँमा खेत पनि खन्दै गर्ने हो, हिमालमा चौंरी पाल्ने हो। सबै कुरा एकै पटक गर्नै हो ।