नोबेल पुरस्कार पछिको ठूलो पुरस्कार अर्थशास्त्री पाठकलाई प्रदान

Avatar photo
Dhadingpost
बैशाख ९, २०७५

काठमाडौं वैशाख,९ । २०१८ क्लार्क अवार्ड नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ ।

अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिस्ट योगदान पुर्याएबापत पाठकलाई नोबेल पुरस्कारपछिको दोस्रो ठूलो मानिने अवार्ड पाठकलाई प्रदान गर्न लागिएको हो ।

४० वर्षभन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड प्राप्त गर्ने पाठक नेपाली मूलका पहिलो अर्थशास्त्रीसमेत हुन् ।

सन् १९८० मा जन्मिएका ३७ वर्षीय पाठक बुबाआमा काठमाडौंबाट अमेरिकाको न्यूयोर्क शहर सरेपछि त्यही बाल्यकाल बिताए थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छ ।

‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा उनले व्यवसायिक अर्थशास्त्र विषयमा विद्यावारिधी गरे । सन् २००२ देखि सन् २००३ सम्म उनले अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलाको रुपमा सेवा गरेका थिए । त्यहाँ नोबेल पुरस्कार विजेता जिन टिरोलसँग पनि उनले अर्थशास्त्र विषयको अध्ययन गरेका थिए।

अमेरिकन इकोनोमिक एशोसिएसनले अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा प्राध्यापक रहेका ३७ वर्षे पाठकको योगदानको कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको हो ।