गाडीको ठक्करबाट चौधरीको मुत्यु

Avatar photo
Dhadingpost
बैशाख ५, २०७५

दाङ वैशाख, ५ । गाडीको ठक्करबाट दाङमा ३८ वर्षीय चौधरीको ज्यान गएको छ ।

ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बुधबार बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो ।