
काठमाडौं चैत्र २३ । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख २ देखि भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सुरु गर्ने भएको छ ।
बालबालिकालाई कक्षाकोठासम्म ल्याउन र भर्ना भएकै दिन पूरा सेट पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख २ देखि भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सुरु गर्ने भएको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सरोकारवालाहरु सँग विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख वा अन्य पिछडिएका वर्गका बालबालिकालाई विद्यालयमा भर्ना को लागी सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
२०७४ को शैक्षिक तथ्याङ्कअनुसार प्राथमिक तहमा ९५ देखि ९० उमेर समूहका २ दशमलब ८ प्रतिशत र आधारभूत तह ९१–८० कक्षाका ५ वर्षदेखि १२ वर्ष उमेर ७ दशमलब ७ प्रतिशत बालिकाबालिका अझै पनि विद्यालय बाहिर छन् । यसअघि पनि प्रत्येक वर्ष विद्यालय भर्ना अभियान सञ्चालन गरे पनि विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराएर कक्षाकोठामा टिकाई राख्न विशेष अभियान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
सरोकारवालाहरु यपस्थित कार्यक्रममा हरिवंश आचार्य, मिथिला शर्मा, सुनिल पोखरेल, आनी छोइङ डोल्मा, बद्री पंगेनी, संगीतकार प्रदीप बम्जन लगायत कलाकारले सरकारको अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएका थिए ।
