पार्टी एकता ओलिको हातमा- उपाध्यक्ष भण्डारी

Avatar photo
Dhadingpost
माघ २७, २०७४

धादिङ माघ २८ । एमाले र माओवादी केन्द्र बीचको एकता एमाले अध्यक्षे केपी होलीको हातमा गएर अड्किएको अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष तिलकराज भण्डारी बताएका छन् ।

अखिल (क्रान्तिकारी) धादिङको जिल्ला समितिको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले बाम तालमेललाई नपत्याएर अध्यक्ष र प्रधान मन्त्री आफै बन्ने होडमा एमाले अध्यक्ष ओली लागेकाले पार्टी एकतामा ढिलाई हुँदै गएको भण्डारीले बताएका हुन् ।

उक्त बैठकलाई प्रशिक्षण दिँदै माओवादी केन्द्र धादिङका उपाध्यक्ष राम बहादुर भण्डारीले एमाले सँग मात्र होइन सबै कम्युनिष्टहरु एक ठाउँ हुन आवश्यक रहेको बताउँदै समाजवादको यात्रामा खुल्ला हृदयले सबैको सम्मान गर्दै एकताको सुत्र खोज्नु पर्ने बताएका थिए ।

सोही कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष माधब छत्कुलीले शिक्षामा रहेको बर्गिय भेद मुलतः निजीकरण, ब्यापारीकरण र माफीयाकरणको अन्त्य गर्न क्रान्तिकारी बिध्यार्थीहरुले चरणबद्ध आन्दोलन गर्ने बताए।