गरिबलाई रुवाउन आउदै छ दशै

Avatar photo
Dhadingpost
अशोज ९, २०७३

गरिबलाई रुवाउन आउदै छ दशै
धनीलाई खुवाउन आउदैछ दशै

भुकम्प अनि वाढीपिडीतलाई
आलो घाउमा नुन छर्किन आउदै छ दशै

दुर्घटना बम बिस्फोटनमा मृत्यु भएकाहरु
आफन्तको सम्झनामा छाती चर्किन आउँदैछ दशै

परिवारलाई खुशी राख्न विदेशीएकाहरु
विछोडको पिडामा आँशु धर्किन आउदैछ दशै

बालापनमा रम्दै गरेका बालबच्चालाई
खुशी भई पिङमा लर्किन आउदैछ दशै

सम्पुर्ण नेपालीलाई रक्षा गर दुर्गामाता
सरगम लाई यही भन्न आउदैछ दशै

सरगम राना मगर
नीलकण्ठ धादिङबेसी