बेल्जियमबाट धादिङका रमेश कडेल रास्वपाको महाधिवेशन प्रतिनिधि बनेर नेपालमा

Avatar photo
Dhadingpost
असार ५, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने पहिलो महाधिवेशनमा धादिङबाट केन्द्र, प्रदेश, जिल्ला तथा प्रवासको प्रतिनिधित्व गर्दै ५० जनाभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

यसैक्रममा धादिङ घर भई हाल बेल्जियममा बसोबास गर्दै आएका रमेश कडेल महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुन बेल्जियमबाट नेपाल आएका छन् ।

पार्टी स्थापना कालदेखि नै रास्वपासँग आबद्ध रहेका कडेलले विदेशमा रहेर पनि संगठन विस्तार र पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । गत आम निर्वाचनका क्रममा उनले बेल्जियमबाटै धादिङमा रास्वपाका उम्मेदवारहरूको पक्षमा प्रचार–प्रसार तथा समन्वयमा महत्वपूर्ण योगदान दिएको बताइएको छ ।

रास्वपाको महाधिवेशनमा स्वदेशसँगै प्रवासबाट पनि उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । धादिङबाट विभिन्न तहका प्रतिनिधिहरूको सहभागिताले जिल्लाको पार्टी संगठन र प्रवासी सदस्यहरूको सक्रियता समेत झल्काएको छ ।