धादिङ सेवा समाज कतारद्वारा शिवानी घलेलाई सम्मानसहित विदाइ

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०८३

कतार । धादिङ सेवा समाज कतारले राष्ट्रियस्तरकी तेक्वान्डो खेलाडी तथा समाजकी सक्रिय सदस्य शिवानी घलेलाई सम्मान तथा विदाइ गरेको छ ।

५ जुन २०२६ शुक्रबार सनैयास्थित प्लाजा मलको फाल्गुनी रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा तेक्वान्डोतर्फ ३ डान प्राप्त घलेलाई सम्मान गरिएको हो । धादिङ सेवा समाज कतारका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै हरेक कार्यक्रममा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै आएकी घलेको योगदानको कदरस्वरूप सम्मान गरिएको समाजले जनाएको छ ।

लामो समयदेखि कर्मभूमि कतारमा रहँदै आएकी घले अब जन्मभूमि नेपाल फर्किन लागेकाले समाजले उनलाई विदाइसमेत गरेको हो । कार्यक्रममा वक्ताहरूले समाजप्रति उहाँले देखाएको लगाव, सक्रियता तथा खेल क्षेत्रप्रतिको समर्पणको प्रशंसा गरेका थिए ।

धादिङ सेवा समाज कतारले घलेको आगामी यात्रा सफल, सुखद् र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दै तेक्वान्डो खेल क्षेत्रमा अझ उच्च सफलता हासिल गर्न सकून् भन्ने कामना गरेको छ ।

कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको धादिङ सेवा समाज कतारका महासचिव रामहरि श्रेष्ठले बताए ।